प्रहरी हिरासतमा रहेका रामेछापका पूर्वसभासद् आङटावा शेर्पाको टाउकोमा सात टाका लगाइयो



२ जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा विचौलियको भूमिकामा मुछिएका नेपाली कांग्रेसका नेता एवं पूर्वसभासद् आङटावा शेर्पा प्रहरी कार्यालयभित्रै घाइते भएका छन् । जिल्ला प्रहरी परिसर, टेकुको हिरासत राखिएका शेर्पा शौचालय जाने क्रममा लडेर घाइते भएपछि टाउकोमा ७ टाका लगाइएको छ ।

घाइते भएपछि प्रहरीले वीर अस्पताल पुर्‍याएर टाका लगाएर म्याद थपको लागि जिल्ला अदालतमा पेश गरेको थियो । अदालतले शेर्पालाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । २०७० मा रामेछाप–१ बाट संविधानसभा सदस्यमा निर्वाचित शेर्पा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । शरणार्थी प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङ्टावाले हिरासतमा पुगेर भेट गरेका थिए । दुलाल र भण्डारी २०७९ चैत १२ देखी हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्