रामेछापको आकाशे पुलबाट हाम फालेका युवकलाई सुरक्षाकर्मीले जीवित उद्दार गरे



४ जेठ, रामेछाप ।
रामेछापको सदरमुकाम मन्थलीस्थित एयरपोर्ट नजिकै रहेको आकाशे पुलबाट हाम फालेका एक युवकलाई सुरक्षाकर्मीले जीवितै उद्दार गरेका छन् । आकाशे नजिकै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले विपद् सम्बन्धि संयुक्त रुपमा अभ्यास सकेर फर्कने क्रममा मन्थली नगरपालिका–७ ओडोरेका ३५ बर्षिय हर्कराज माझीले हाम फालेको थाहा पाए लगत्तै सुरक्षाकर्मीको टोली तत्काल उद्दारमा जुटेको थियो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले पुलबाट हाम फालेका माझीको ढाड र कम्मरमा गम्भीर चोट लागेको रामेछाप न्युजलाई बताए । माझीले पारिवारिक तनाबका कारण आफूले हाम फालेको बताएका छन् । गम्भीर घाइते भएका माझीको मन्थलीमा उपचार हुन नसकेपछि आफन्तहरुले थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्