सुनिता गौतम नेपाल ट्रष्टको सञ्चालक समितिको सदस्यमा नियुक्त



४ जेठ, काठमाडौं ।
सरकारले नेकपा माओवादी केन्द्र रामेछापकी नेतृ सुनिता गौतमलाई नेपाल ट्रष्टको सञ्चालन समितिको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले गौतमलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

रामेछाप दोरम्बा शैलुङ गाउँपालिका निवासी गौतम माओवादी केन्द्रका केन्दीय सदस्य एवं अनेम संघ क्रान्तिकारी बागमती प्रदेशको अध्यक्ष रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्