ज्यान मारेर फरार भएको अभियोगमा सुनापति गाउँपालिका–४ का तामाङ २० बर्षपछि पक्राउ



७ जेठ, रामेछाप ।
वीस बर्ष अघि एक युवकलाई मारेर सुनकोसी नदीमा फालेर फरार रहेका अभियाेगमा सुनापति गाउँपालिका–४ का वाङ्गे आले च्याङवा भन्ने बिरास लाल तामाङलाई वीस बर्षपछि प्रहरीले पक्राउ गरेको छ । २०६० मंसिर ४ गते बेलुका करिब साँझ ६ बजेको समयमा साविक बेथान गाविस.–७ हाल सुनापती गाउँपालिका–४ भञ्ज्याङटार स्थित चौँरी खोलाको पुल नजिकै २७ बर्षिय  रामशरण घिमिरे खत्रीलाई कुटपिट गरेर हत्या गरेसँगै सुनकोसी नदीमा हाम फालेर फरार रहेका तामाङ वीस बर्षपछि पक्राउ परेका हुन् । खत्रीको कुटपिटबाट मृत्यु भएसँगै परिवारका आफन्तले तामाङको विरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा किटानी जाहेरी दर्ता गराएका थिए ।

घिमिरेलाई कुटपिट गरी हत्या गरेको जाहेरीको आधारमा तामाङलाई जिल्ला प्रहरी कार्यालय रामेछाप र ईलाका प्रहरी कार्यालय बेथानपबाट खटीएको बिशेष प्रहरी टोलीले २० बर्ष पछी आफ्नै गाँउ टोलमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको बताएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले वीस बर्ष खत्रीको हत्यामा संलग्न रहेको जाहेरी परेपनि प्रहरीको खाँखा छल्दै आइका तामाङलाई प्रक्राउ गरिएको बताए । उनका अनुसार पक्राउ गरिएका तामाङलाई जिल्ला अदालत रामेछापबाट म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्