सरकारसँग ५ बुँदे सहमतिपछि विनु यादवले अनशन तोडिन (फोटोफिचर)



१० जेठ, काठमाडौं। लामो समयदेखि अनशनमा बसेकी बिनु यादवले अनशन तोडेकी छिन्। बुधबार सरकारसँग ५ बुँदे सहमति भएपछि उनले १५औं दिनमा अनशन तोडेकी हुन्। आज साँझ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनसन स्थलमा गएर जुस खुवाइ अनशन तोडाएका हुन् । आफूमाथि जबरजस्ती करणी गर्ने रामेछापका पवन कठायतविरुद्ध दिएको मुद्धाका कारबाही नभएको भन्दै उनी अनसनमा बसेकी थिइन्।सरकारसँग भएको पाँच बुँदे सहमतिमा उनले दिएको मुद्धामा आवश्यक कारबाही अगाडि बढाउने र उनको जिवीकोपार्जनका लागि सहयोग गर्ने सहमति समेत भएको छ ।


यसैबीचबिनु यादव र प्रदीप कठायतबीच रामेछाप जिल्ला अदालतले गराएको सम्बन्धबिच्छेद उच्च अदालत पाटनले उल्टाइदिएको छ । न्यायाधीशद्वय सुभाष पौडेल र सुदर्शन पाणडेको संयुक्त इजलासले उनीहरूबीच सम्बन्धबिच्छेद हुने जिल्ला अदालतको फैसला मंगलबार उल्टाएको हो । जिल्लाबाट अशंसम्बन्धी र सम्बन्धविच्छेद हुने फैसला भएको भने इजलासबाट उल्टाइएको छ । जिल्ला अदालतले यादवलाई भराउन लगाएको मानाचामल भने सदर गरेको छ ।
०७९ असार १३ गते दर्ता भएको पुनरावेदन उच्च अदालतले पेसीका लागि नतोकेको भन्दै यादव दुई हप्तादेखि अनशनमा छिन् ।

प्रतिक्रिया दिनुहोस्