रामेछापका आठै वटा स्थानीय तहका उपप्रमुखहरु एउटै पोशाकमा



१४ जेठ, रामेछाप ।
रामेछापका आठ वटै स्थानीय तहका नगर उपप्रमुख÷उपाध्यक्ष एउटै पोशाकमा देखिएका छन् । प्रदेश सुशासन केन्द्रले काभ्रेको पनौतीमा आयोजना गरेको स्थानीय तहको लागि राजश्व सुधार कार्ययोजना सम्बन्धी दुई दिने कार्यक्रममा उपप्रमुखहरु एउटै पोशाकमा देखिएका हुन् ।

कार्यक्रममा मन्थली नगरपालिकाका नगर उपप्रमुख ईश्वरी वस्नेत, रामेछाप नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी कार्की, सुनापति गाउँपालिकाका उपाध्यक्ष, गिता विष्ट, दोरम्बा शैलुङ गाउँपालिकाका उपाध्यक्ष खमला थापामगर, खाँडादेवी गाउँपालिकाका उपाध्यक्ष रमा घिसिङ, लिखु तामाकोसी गाउँपालिकाका उपाध्यक्ष दिपा पाख्रिन, गोकुलगंगा गाउँपालिकाका उपाध्यक्ष उषादेवी कार्की, उमाकुण्ड गाउँपालिकाका उपाध्यक्ष सावित्री सुनुवार सहभागी रहेका थिए । कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्