२ करोडको रक्त चन्दनको तेल कारोबारमा संलग्न रामेछापका २ जनासहित ८ भाई पक्राउ



१४ जेठ, रामेछाप ।
अवैध रुपमा करिब २ करोड पर्ने रक्त चन्दनको तेल कारोबार गरेको आरोपमा रामेछाप निवासी दुई जनासहित प्रहरीले ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा अवैध रुपमा रक्त चन्दनको तेल कारोबार गर्ने आठ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ सैपु घर भई हाल चाबहिल सरस्वती नगर बस्ने ३९ वर्षीय गोकर्णहरि दाहाल,सोही ठाउँ घर भई हाल काँडा घारी बस्ने २५ वर्षीय नवीन दाहाल काठमाडौँ महानगरपालिका–७ चाबहिल बस्ने ३० वर्षीय सुशील पाठक, कालिकोटको रासकोट नगरपालिका घर भई हाल काठमाडौँको चाबहिल बस्ने २८ वर्षीय विरोद बराल, सुर्खेको वीरेन्द्रनगर–१५ घर भई हाल कलङ्की बस्ने ३६ वर्षीय ज्ञानबहादुर ओली रहेका छन् ।

त्यस्तै बाँकेको कोहलपुर नगरपालिका–११ घर भई हाल चाबहिल सरस्वती नगर बस्ने ५८ वर्षीय निलकान्त भुसाल, धादिङको नीलकण्ठ नगरपालिका–९ घर भई हाल जडीबुटी बस्ने ६३ वर्षीय मोहन बहादुर विश्वकर्मा र सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका–६ घर भई हाल महाकाल बस्ने ४० वर्षीय खेमराज घिमिरेलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको जनाएको छ ।
अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँ पठाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्