पूर्व मन्त्री एवं रामेछाप निवासी कांग्रेस नेतृ पाण्डेको निधन



१६ जेठ, काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं महिला, बालबालिका तथा समाज कल्याण पूर्व राज्यमन्त्री मीना पाण्डेको निधन भएको छ । मंगलबार काठमाडौंको गौशालास्थित निवासमा पाण्डेको निधन भएको हो । २००८ साल रामेछापको बेथानमा जन्मएकी स्वर्गीय पाण्डेले २०३५ मा नेपाल विद्यार्थी संघबाट राजनीतिक जीवनयात्रा प्रारम्भ गरेकी थिइन् ।

तीन पटकसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य रहेकी उनी २०४८, २०५१ र २०७४ मा प्रतिनिधि सभा सदस्य थिइन् भने २०६४ मा संविधान सभा सदस्य भएकी थिइन् ।निष्ठाको प्रतिमुर्ति र नेपालको प्रजातान्त्रि र लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेकी पाण्डेलको आज ७२ बर्षको उमेरमा भएको असमायिक निधन भएको छ । नेपाली कांग्रेस रामेछापका नेता नारायण खड्काले अहिले साँझ साढे ५ बजे बजे पशुपति आर्यघाटमा दाहसंस्कार हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्