रामेछापका कुन स्थानीय तहले कति बजेट पाए ? (बजेटसहित)



१६ जेठ, काठमाडौं ।
सरकारले आर्थिक बर्ष २०८०/०८१ का लागि रामेछापको आठ वटा स्थानीय तहको लागि करिब तीन अर्ब भन्दा बढी विनियोजन गरेको छ । स्थानीय तहमा समानीकरण, सशर्त, अनुदान, विशेष अनुदान, समपुर अनुदानसहित सो बजेट विनियोजन गरेको हो । विनियोजित बजेट अन्तर्गत सबै भन्दा बढी मन्थली नगरपालिकाले १ अर्ब ९ लाख र सबै भन्दा कम बजेट सुनापति गाउँपालिकाले ३४ करोड ८२ लाख रुपैयाँ पाएको छ । रामेछाप नगरपालिकाले ६२ करोड, ८७ लाख, उमाकुण्ड गाउँपालिकाले ४६ करोड ३३ लाख, गोकुलगंगा गाउँपालिकाले ३४ करोड ८९ लाख, लिखु तामाकोसी गाउँपालिकाले ३७ करोड १६ लाख प्राप्त गरेका छन् । त्यसैगरी खाँडादेवी गाउँपालिकाले ४३ करोड १२ लाख र दोरम्बा शैलुङ गाउँपालिकाले ३५ करोड ८२ लाख प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्