कांग्रेस रामेछापको जिल्ला सम्मेलनः यही जेठ २७ गते ६४ वडाहरुको एकै दिन सम्मेलन हुँदै



२१ जेठ, रामेछाप ।
नेपाली कांग्रेस रामेछापको जिल्ला सम्मेलन यही जेठ ३१ गते हुने भएको छ । रामेछापको जिल्ला सदरमुकाम मन्थलीमा प्रथम जिल्ला सम्मेलन हुन लागेको हो । सम्मेलनका लागि उत्साह एकता रुपान्तरण र चुस्त दुरुस्त संगठन भन्ने मुल नाराको तय गरिएको छ । यसैबीच जिल्ला सम्मेलन अघि जेठ २७ गते एकैदिन जिल्लाको ६४ वटै वडाहरुमा एकसाथ वडा सम्मेलन हुने कांग्रेस रामेछापका जिल्ला कार्यसमिति सदस्य एवं जिल्ला समन्वय शाखा प्रमुख दिपेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार जिल्ला सम्मेलन अघि वडाहरुको एकसाथ सम्मेलन सम्पन्न गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्