मन्थलीमा अटो दुर्घटनाः मन्थली माविका दुई विद्यार्थी घाइते



२४ जेठ, रामेछाप ।
रामेछापको सदरमुकाम मन्थलीमा अटो दुघटना भएको छ । अटो दुर्घटनामा परी मन्थली माविका दुई विद्यार्थी घाइते भएका छन् । दुर्घटनामा मन्थली नगरपालिका–५ सुनारपानीका ८ वर्षीय दीपान्सु शाही र ६ वर्षीय प्रज्ज्वल नेपाली घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । प्रहरीका अनुसार घरबाट स्कुल आउँदै गरेका उनीहरू चढेको प्रदेश नं २–०२–००१ ह ०२९१ नम्बरको अटो आफै अनियन्त्रित भएर पल्टिएको थियो ।

घाइते मध्ये कम्मरमा चोट लागेका शाहीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ भने नेपालीको तामाकोशी अस्पताल मन्थलीमा उपचार भइरहेको छ । मन्थली नगरपालिका– १ भैसेश्वर नजिक सुनारपानीबाट मन्थलीतर्फ आउदै गरेको अटो आफै अनियन्त्रित भई सडकमा पल्टिएका थियो । अटो चालक मन्थली नगरपालिका–५ सुनारपानी बस्ने बर्ष ४० को गुण राज श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्