रामेछापमा जिल्ला प्रशासन कार्यालयको ‘एक्सन’ अनाधिकृत सामान बेच्ने ३५ जना व्यापारीहरुलाई २ लाख ५८ हजार जरिवाना (नामसहित)



२४ जेठ, रामेछाप ।
जिल्ला प्रशासन कार्यालय रामेछापले बजार अनुगमनलाई तीब्रता दिएको छ । रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमन समितिका संयोजक अनोज कुमार घिमिरेको संयोजकत्वमा बजारमा पाइने खाद्यन्न पसल, कस्मेटिक पसल र हाडवेयर पसलमा राखिएको सामाग्रीको अनुगमन गरिएको थियो ।

३५ वटा पसलहरुमा गरिएको अनुगमनको क्रममा म्याद गुज्रिएको सामाग्री जफत गरी नष्ट गरिएको छ भने अनाधिकृत रुपमा सामान विक्री वितरण गर्ने व्यापारीहरुलाई २ लाख ५८ हजार जरिवाना गरिएको छ । अनुगमनको क्रममा म्याद गुज्रिएको ७२ हजार बराबरका सामान जफत गरेर नष्ट गरिएको गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । अनुगमन टोलीले मन्थली बजारका विभिन्न १५ वटा खाद्यन्न पसल, ९ वटा कस्मिेटिक पसल र ११ वटा हार्डवयर पसलमा अनुगमन गरेको थियो ।

रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले अनाधिकृत रुपमा सामान विक्रीवितरण गर्ने ३५ जना व्यापारीहरुलाइ  जरिवाना गरिएको रामेछाप न्युजलाई बताए । उनले भने,‘गलत काम गर्नेमाथि प्रशासनले कानुन अनुसार कडा कारवाही गर्छ, जुन दिनसम्म रामेछापमा रहन्छु, जनताको पक्षमा काम गर्छु ।’ घिमिरेको नेतृत्वमा यसअघि गुणस्तरहिन दुध विक्री गर्ने तीन वटा डेरी उद्योगहरुलाई १५ /१५ हजार र कालोबजारी गरेको प्रमाणको आधारमा लक्ष्मी आयल स्टोसलाई २ लाख जरिवारना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्