सांसद कान्छारामको ससंदमा पहिलो सम्बोधनः अर्थमन्त्रीज्यू रामेछापमा खानेपानीका लागि बजेट चाहियो



२६ जेठ, रामेछाप ।
रामेछापका प्रतिनिधिसभा सांसद पूर्णबहादुर तामाङ कान्छारामले पहिलो पटक संसदको रोष्टममा उभिएर सम्बोधन गरेका छन् । सरकारले ल्याएको बजेटमाथिको छलफलमा भाग लिदै उनले बजेटको समर्थन गर्दै रामेछापमा खानेपानीका लागि बजेट आवश्यक रहेको बताए ।
सांसद तामाङले भने, रामेछापमा १ लाख ८९ हजार मतदाता छन् ।

मेरो जिल्लामा छ वटा गाउँपालिका दुई नगरपालिका र ६४ वटा वडा रहेको छ । सरकारले रामेछापलाई खानेपानीको सुख्खा क्षेत्रको रुपमा घोषणा गरेको छ, मैले सुने अनुसार खानेपानी आयोजनाका लागि पर्याप्त बजेट छैन, अर्थमन्त्रीज्यू, रामेछापवासीका लागि खानेपानी चाहिएको छ, बजेटको व्यवस्था गरिदिनु होला ।’

प्रतिक्रिया दिनुहोस्