नमूना विद्यालयः डहु मावि बन्यो रामेछाप जिल्लाकै उत्कृष्ट विद्यालय



७ असार, रामेछाप ।
रामेछापको सुनापति गाउँपालिका–४ बेथानस्थित नमूना डहु मावि डहुले प्रतिनिधिसभा निर्वाचन क्षेत्र मध्येबाट उत्कृष्ट विद्यालयमा छनोट हुन सफल भएको छ । विगत केही बर्षयता रामेछाप जिल्लाको मात्र नभई देशकै नमूना विद्यालयको रुपमा स्थापित गर्न सफल हुँदै आएको डहु मावि यस बर्ष प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गत रामेछापको आठ वटा स्थानीय तह मध्यको उत्कृष्ट विद्यालय बन्न सफल भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले व्यवस्थापकीय र शैक्षिक सुधारमा उत्कृष्ट काम गरेका विद्यालयलाई प्रोत्साहन अनुदान दिएको छ। बिहीबार केन्द्रले प्रोत्साहन अनुदान पाउने विद्यालयको सूची सार्वजनिक गरेको छ। सूचीमा परेका सामुदायिक विद्यालयले ५ लाख रुपैयाँका दरले प्रोत्साहन अनुदान पाउनेछन्।

केन्द्रले प्रतिनिधिसभाको प्रत्येक निर्वाचन क्षेत्रबाट विद्यालय पर्ने गरी १६५, शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट भएको कार्यसम्पादन परीक्षणबाट भएको मूल्याङ्कनबाट उच्चतम अङ्क प्राप्त गर्ने विद्यालय, महानगरपालिका र उपमहानगरपालिका भित्रबाट थप २ विद्यालय छनोट गरेको जनाएको छ।

केन्द्रले चालु आर्थिक वर्ष २०७९–८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ‘व्यवस्थापकीय तथा शैक्षिक सुधारमा उत्कृष्ट कार्य गरेका विद्यालयलाई नतिजामा आधारित प्रोत्साहन अनुदान’का लागि आवश्यक बजेट वित्तीय हस्तान्तरण गरिसकेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्