रामेछापमा एमाले हाक्ने जिम्मेवारी गणेश पहाडीले सम्हाले



७ असार, रामेछाप ।
नेकपा एमाले रामेछापको नयाँ इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य गणेश पहाडीले सम्हालेका छन् । छिमेकी जिल्ला सिन्धुली निवासी पूर्व मन्त्री समेत रहेका पहाडीले आजबाट रामेछापको जिल्ला इन्चार्जको जिम्मेवारी सम्हालेका हुन् । यसअघि रामेछापका इन्चार्ज रहेका केन्द्रीय सदस्य कैलाश ढुंगेल भक्तपुर जिल्लाको इन्चार्ज बनेसँगै रामेछापमा पहाडी जिल्ला इन्चार्ज बनाइएको हो । रामेछापमा एमालेबाट केन्द्रीय सदस्य रहेका माधव ढुंगेल र गीता कार्कीलाई स्थानीय तहको इन्चार्जको जिम्मेवारी दिइएको छ । त्यसैगरी रामेछापबाट पार्टीको पोलिटब्यूरो सदस्य रहेका कमल चौलागाईलाई दोलखाको इन्चार्जको जिम्मेवारी दिइएको छ ।


आज पार्टी कार्यालयमा आयोजिक एक कार्यक्रमकोबीच एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ, सचिव पुरुषोत्तम कडेरिया लगायतका नेताहरुले इन्चार्ज पहाडीलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्