बर्षाको कारण अवरुद्ध मन्थली–खुर्कोट सडक खण्ड एकतर्फी रुपमा सुचारु



८ असार, रामेछाप ।
बर्षाको कारण अवरुद्ध हुन पुगेको मन्थली–खुर्कोट सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । बर्षाको कारण तामाकोसी नदीको त्रिवेणीमा निर्माणाधिन मध्ये पहाडी लोकमार्गको पुल निर्माण स्थलमा लेदो आएको कारण आज बिहान सो सडक अवरुद्ध हुन पुगेको थियो । अबरुद्ध सडकलाई सेलेघाटमा रहेको नेपाल प्रहरीको टोलीले सुनकोसी मरिङ ड्राइभर्सन आयोजनाको डोजर लगेर सुचारु गराएको छ ।


जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले लेदो आएर अवरुद्ध हुन पुगेको खुर्कोट–मन्थली सडक खण्डमा हाल एकतर्फी रुपमा सवारी सुचारु गराइएको रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्