गोकुलगंगा गाउँपालिकाले ल्यायो ७४ करोडको बजेट



१० असार, रामेछाप ।
गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ को लागि करिब ७४ करोड  २ लाख बराबरको बजेट ल्याएको छ । आज सम्पन्न १३ औं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष उषा कार्कीले करिब ७४ करोड बराबरको बजेट प्रस्तुत गरेकी हुन् । गाउँ सभामा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्काले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

गाउँपालिकाले पूर्वाधार कृषि, पर्यटन स्वास्थ्य शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर कार्यक्रम तय गरेको छ । गाउँपालिकाले यस आर्थिक बर्षमा करिब ७२ करोड कार्यान्वयन गरिरहेको छ । यस आर्थिक बर्ष करिब २ करोड बढी बजेट थप्दै गाउँपालिका ले ७४ करोडको बजेट ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्