सुनापति गाउँपालिकाले ल्यायो ५४ करोड ७८ लाखको बजेट, यस्ता छन् गौरवका योजना



१० असार, रामेछाप ।
सुनापति गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०। ०८१ को लागि ५४ करोड ७८ लाखको बजेट ल्याएको छ । आज भएको १३ औं गाउँसभाले यस आर्थिक बर्ष भन्दा ८ करोड घटाएर बजेट ल्याएको हो । यस आर्थिक बर्षमा गाउँपालिकाले ६० करोड बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले आगामी आर्थिक बर्षको लागि गाउँपालिकाले दुई वटा गाउँपालिका गौरवको योजना समावेश गरेको रामेछाप न्युजलाई जानकारी दिए ।

उनका अनुसार वडा नम्बर १ गुन्सीको वडा कार्यालय आसपासको सडक ढलान एवं स्तरउन्नती र वडा नम्बर २ को दिमीपोखरीको वडा कार्यालय आसपासको क्षेत्रमा पूर्वाधार निर्माणमा लगानी गरिने छ । यस आर्थिक बर्षमा गाउँपालिकाको वडा नम्बर ४ बेथानमा खानेपानीको अभाव सम्बोधन गर्न पालिकाले गौरवको खानेपानी योजना सञ्चालन गरेको छ ।

त्यसैगरी गाउँपालिकाको केन्द्र वडा नम्बर ३ हिलेदेवीमा गाउँपालिकाको लगानीमा नै पालिकाको केन्द्र आसपासको क्षेत्रमा यस बर्ष १ किलोमिटर सडक कालोपत्रे सम्पन्न हुने भएको छ । वडा नम्बर ५ खनियापानीको लुभु खनियापानी हुँदै डाँसे सडक खण्ड कालोपत्रे भएको छ । अध्यक्ष तामाङले गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्ष कोषमा बजेट नराख्ने गरी बजेट बनाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्