रामेछापको उमाकुण्ड गाउँपालिकामा चट्याङ लागेर दुई हल गोरु मरे, एक जना घाइते



१० असार, रामेछाप ।
रामेछाप जिल्लाकोउमाकुण्ड गाउपालिका–७ फास्तु वस्ने डम्बर बहादुर श्रेष्ठ र अक्कल बहादुर सुनुवारले पालेको दुई हल गोरु बारीमा बाँधेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको छ । सोही ठाउँकी मनिषा श्रेष्ठलाइ चट्याङको छर्राले लागि बायाँ खुट्टाको घुँडामाथी सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।
प्रहरीका अनुसार लिखुतामाकोशी गाउपालिका–६ थामडाँडा बस्ने जयनाराण श्रेष्ठको घरको बिजुली मिटरमा क्षेति तथा निजको गोठमा बाँधेको १ वटा भैसी र १ वटा बाख्रा चट्याङ लागि मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्