रामेछाप नगरपालिकाले ल्यायो ७३ करोड ५८ लाखको बजेट



१० असार, रामेछाप ।
रामेछाप नगरपालिकाले आगामी आर्थिक कर्ष २०८० ।८१ को वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । १३ औ अधिवेशनको पहिलो बैठकमा आज आगामी आर्थिक बर्ष ०८०।०८१ को लागि बार्षिक नीति ,कार्यक्रम तथा बजेट प्रस्तुत भएको हो । गगर सभामा आगामी आर्थिक बर्षको लािग कुल ७३ करोड ५८ लाख ७३ हजार ६ सय ९७ रुपैया ६६ पैसाको प्रस्तावित बजेट प्रस्तुत गरिएको छ ।

रामेछाप नगरपालिकाका नगर उपप्रमुख बाला कुमारी कार्कीले रामेछाप नगरपालिकाको आवश्यता पहिचान गरेर नगरवासीलाई अधिकतम सेवा सुविधा पुर्याउने गरी नीति कार्यक्रम र बजेट ल्याएको बताइन । यस आर्थिक बर्षको लागि नगरपालिकाले करिब ७४ करोड बजेट कार्यान्वयन गरिरहेको छ । संघ र प्रदेशबाट प्राप्त हुने बजेट घटेसँगै रामेछाप नगरपालिकाको बजेट पनि घटेको हो । आन्तरिक आय स्रोत निकै न्यून भएको कारण चाहेर पनि बजेटको आकार बढाउन नसकेको कार्कीले बताइन ।

प्रतिक्रिया दिनुहोस्