खाँडादेवी गाउँपालिकाको आगामी आर्थिक बर्षको बजेट १६ करोड घटयो



११ असार, रामेछाप ।
खाँडादेवी गाउँपालिकाको आगामी आर्थिक बर्षको लागि ६४ करोड ४३ लाख ४० हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । १३ औं गाउँ सभामा उक्त बजेट प्रस्तुत गरिएको हो । यस आर्थिक बर्षमा ८० करोड ८१ लाख बराबरको बजेट कार्यान्वयन गरिरहेको गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि १६ करोड कम बजेट ल्याएको छ । संघ र प्रदेशबाट प्राप्त हुने बजेटमा कमी भएसँगै गाउँपालिकाको बजेटको आकार पनि घटेको हो । खाँडादेवी गाउँपालिकाका उपाध्यक्ष रमा घिसिङले आगामी आर्थिक बर्षको लागि ६४ करोड ४३ लाख बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको बताइन ।

प्रतिक्रिया दिनुहोस्