लिखु तामाकोसी गाउँपालिकाले ल्यायो ५८ करोडको बजेट



११ असार, रामेछाप ।
लिखु तामाकोसी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ को लागि ५८ करोड बराबरको बजेट प्रस्तुत गरेको छ । ११ औं गाउँ सभामा आयोजित कार्यक्रममा सो बजेट प्रस्तुत गरिएको हो । यस आर्थिक बर्ष १ अर्ब ३ करोडको बजेट कार्यान्वयन गरिरहेको गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि ५७ करोडको बजेट प्रस्ताव गरेको छ ।
लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष केशव महतले गाउँपालिकाले पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम र बजेट ल्याएको बताए । उनले भने,‘गाउँपालिकालाई विकसित बनाउन यस आर्थिक बर्षमा धेरै सुधारको काम भएका छन, अब गाउँपालिकाभित्र प्राथमिकता निर्धारण गरेर योजनाबद्ध रुपमा विकास निर्माणको काम अघि बढाइन्छ ।’ सीमित स्रोत र साधनको अधिकतम उपयोग गरेर गाउँपालिकावासीलाई सेवा सुविधा पुर्याउने गरी आफूहरुले नीति बनाएको महतले बताए ।

प्रतिक्रिया दिनुहोस्