पर्यटकीय क्षेत्र शैलुङमा हजारौ घर बनाउने दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मोक्तानको घोषणा



१२ असार, रामेछाप ।
दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तानले पर्यटकीय क्षेत्र शैलुङमा खाली रहेको जमिनमा हजारौको संख्यामा घरहरु निर्माण गर्ने बताएका छन् ।

गाउँ सभालाई सम्बोधन गर्दै उनले शैलुङ क्षेत्रमा खाली रहेको क्षेत्रमा हजारौको संख्यामा घरहरु बनाउने घोषणा गरेका हुन् । दोरम्बा गाउँपालिकाभित्र धेरै पर्यटकीय क्षेत्र रहेको बताउँदै अध्यक्ष मोक्तानले अहिले शैलुङमा रहेको ११ घरघुरीले मात्र समृद्धि नआउने बताउदै उनले भने,‘अब ११ घरघुरी मात्र होइन हजारौ घरहरु बनाउनु पर्छ, खाली जग्गालाई आन्तरिक आए स्रोत बनाउनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्