पुरानै बाटोमा धकेल्न खोज्नु अर्को अपराध होः रमेश बाहुन



१३ असार, काठमाडौं । रमेश बाहुन नामबाट चिनिने सुजन पौडेलले आफू जेलबाट निस्किएपछि सामान्य र सामाजिक जीवनमा फर्किन खोजिरहेको बताएका छन् उनले जेलभित्रका विभिन्न स्वार्थ समूहसँग जोडेर विवादित नपार्न आग्रह गरेका हुन् ।
कतिपय मिडियामा केन्द्रीय कारागारभित्रका नाइके, भाइनाइके तथा चौकीदारहरूले आफ्नो नाममा पैसा उठाएको भनेर आएका विषयसँग आफ्नो ध्यानाकर्षण भएको भन्दै पौडेलले आफ्नो नाममा कसैले गलत गरे सोही व्यक्ति जिम्मेवार हुने बताएका छन् । उनले जेलभित्र हुने कुनै पनि काम तथा सरुवा र आन्तरिक प्रशासनसँग आफ्नो सरोकार तथा संलग्नता नरहेको प्रष्ट पार्दै जेलमुक्त भइसकेको निर्दोष व्यक्तिको पछि नलाग्न सबैमा अपिल समेत गरेका छन् ।

गुण्डागर्दीको अभियोगमा प्रहरीले वान्टेड सूचीमा राखेका पौडेललाई लागु औषध मुद्दामा फसाएर १० वर्ष जेल राखिएको थियो । उनी जेलभित्र चालचलन असल भएको भन्दै एक वर्ष सजाय छुट पाएर हालै सामान्य जीवनमा फर्किका छन् ।

आदरणीय सञ्चारकर्मी/पत्रकारज्यू
नमस्कार

राज्यले दिएको सजाय भुक्तानगरी म दुई महिनाअघि खुला संसारमा आएको छु । विगतमा मैले जे जस्ता आरोपहरु खेपे, त्यसको सजाय पनि मलाई राज्यले दिइसक्यो, मैले भोगिसके । सजाय भोग्नु भनेका, नियम कानुन मान्नु भनेको फेरी विग्रनु वा पुरानो आरोपलाई बल पुग्नेगरी काम गर्नु होइन । यो १० ÷११ वर्षमा मलाई जे जस्ता आरोप लाग्यो , लगाइयो र कानुनले सजायको भागिदार बनायो यसप्रति मेरो कुनै गुनासो छैन । ९ वर्ष दुई महिना जेल जीवनका क्रममा यी पुराना कुराहरु सबै विर्सेर म नयाँ जीवन जिउन यो खुला समाजमा आएको छु । होला, विगतमा केही कमी कमजोरी भए होलान त्यसमा मेरो भन्नु केही छैन । तर एउटा मानिस जो, विगतका कुरा, व्यवहार र आचारणलाई विर्सेर नयाँ परिवेशमा सामाजिक जीवन बाँच्न चाहन्छ भने उसलाई फेरी पनि विभिन्न झूठा लाल्छान लगाउने,पुरानै बाटोमा गयो भनेर विना आधार समाचारहरु सम्प्रेषण गर्ने, गर्न लगाउने र पुरानै बाटोमा धकेल्न खोज्नु अर्को अपराध हो ।
म जेलबाट मुक्त भएपछि दुई महिनादेखि घर परिवारको साथमा छु । अहिले विशुद्ध पारिवारिक जीवन विताइरहेको छु । नातागोता, आफन्तहरुको सल्लाह सुझावलाई शिरोधार्य गरिरहेको छु । सबैले विगतलाई सम्झनु हुन्न, सामाजिक काम लाग्नुपर्छ भनेर सल्लाह दिइरहनु भएको छ । म त्यसलाई पालाना गर्ने गरी कार्ययोजना बनाउदै छु । तर विगत केही दिन यता विभिन्न सञ्चारमाध्यमहरुमा मेरो नाममा जे जस्ता अर्नगल प्रचारबाजी भएका छन् त्यसलाई मलाई चोट पुर्याएको छ ।
चोटलाई सहँदै यहाँहरु माझ ती प्रचारबाजीमा आएका कुरा गलत र झूठा हुन भन्न चाहन्छु । जेलबाट निस्केपछि मैले जेलभित्र रहेका कोही कसैलाई सम्पर्क गर्ने, कोहीप्रति वैरभाव राख्ने वा कोही कसैको काम गरिदिन्छु भन्ने र गलत कामका लागि आर्थिक लाभ लिने जस्ता अनावश्यक गैरकानुनी हर्कत काम गरेको छैन, गर्नेपनि छैन । विभिन्न सञ्चार माध्यमले मेरो नाम र तस्वीर जोडेर मलाई नसोधी, विना जानकारी, सत्य के हो थाह नपाई नपाई पुरानै ‘रमेश बाहुन’को रुपमा चित्रण गर्ने र चरित्र हत्या गर्ने जस्ता काम गरियो । जुन विषयले मलाई असाध्यै नमिठो लागेको मात्र छैन, विगतका नराम्रा कुरा र कामलाई भूलेर सामाजिक काममा लाग्छु भन्दा पनि नपाइने ? मेरो समाज कस्तो भएछ ? हाम्रा सञ्चार माध्यम कस्ता भएछन ? र सञ्चारकर्मी साथीहरुले पनि यस्तो कुरामा प्रमाणित नगरी किन समाचार प्रकासित गर्नुभयो ? भन्नेमा मेरो प्रश्नसहित गुनासो रहेको छ ।
केन्द्रीय कारागारभित्र धेरै वेथितिहरु रहेका छन् । त्यसलाइ जेल प्रशासन र सरकारले सुधार गर्नुपर्छ भन्ने धारणा रहेको छ । देशभरका कारगारहरु सुधारगृह जस्ता भएन ती यातानागृहजस्ता छन् यो विषयमा म जहाँ गएर पनि बोल्न सक्छु । त्यहाँको वेथितिको बारेमा बोल्दा मलाई जेलको आन्तरिक प्रशासनमा हस्तक्षेप गर्यो, समूह निर्माण गर्यो भन्ने जस्ता लाल्छाना र झूठा आरोप लगाएका समाचार आए जुन अनावश्यक मात्र होइन, जुन कुरा र काम मेरो सरोकार र बलबुता भन्दा बाहिर रहेको छ । यस्तो अप्रमाणिक आरोप लगाइयो त्यसमा मेरो आपत्ति छ । त्यस्ता समाचारमा मेरो खण्डन छ, कित प्रमाणित गर्नुपर्छ होइन भने अर्नगल प्रचारबाजी गर्ने र बद्नाम गर्नु हुँदैन । यसमा सञ्चार माध्यम र सञ्चारकर्मीहरुको पनि सही दायित्व हुन्छ भन्ने मलाई लाग्छ । फेरी पनि प्रहरी प्रशासन र कर्मचारी प्रशासनले मलाई हेर्ने दृष्टिमा बद्लाव ल्याई केही स्वार्थ समूहले आफ्नो स्वार्थसिद्ध गर्न खोजेका हुन भने म उनीहरुलाई मेरो विगत खोजेर होइन वर्तमान हेरेर कुरा गरौ भन्न चाहन्छु यसमा म जतिबेला पनि तयार छु । विगतमा गरेको गल्तीको मैले सजाय भुक्तान गरेर सामाजिक जीवनमा फर्किसके विगततर्फ फर्केर अर्नगल, अप्रमाणिक प्रचारबाजीमा नगरौ र मे फेरी पनि दोहोर्याएर भन्छु–विगतको कुरालाई लिएर कसैप्रति वैरभाव, प्रतिशोध छैन र हुनेछैन ।
आदरणीय पत्रकारज्यू
मेरो नाम लिएर जो कोहीले मेरो बद्नाम गर्छन भने अनुसन्धान होस त्यसको सजायको भागिदार उनीहरु आफै हनुपर्छ । मेरो नाम लिएर कोही कसैले बद्मासी गरे भने म उनीहरुको जिम्मा लिन सक्दिन । म मेरो कामको मात्रै जिम्मा लिन्छु । जहाँसम्म सञ्चार माध्यमहरुले मलाई सम्पर्क नगरी एकपक्षीय समाचार लेख्नु भएको छ,प्रकासन गर्नुभएको छ, मेरो बारेमा समाचार बनाउदा एक पटक मेरो पछिल्लो गतिविधि बुझिदिनुभएको भए म निकै आभारी हुन्थे । यहाँहरुलाई नै सोध्न चाहन्छुु –एकपक्षीय समाचार लेख्दा र प्रसारण, प्रकासन गर्दा यहाँहरुको पेशागत धर्म, मूल्य मान्यता कायम हुन्छ रु विश्वसनीय हुन्छ त रु अन्यको हकमा मलाई थाह छैन, मेरो हकमा यहाँहरुले सम्पेषण गर्नु भएको समाचारमा मेरा धारणा किन अटाएनरु किन राखिएन रुभन्दा अतिसयोक्ति हुँदैन होला भन्ने लागेको छ । यो विषयमा यहाँहरु नै बढी जानकार हुनुहुन्छ । त्यसकारण विना गल्ती मेरो बारेमा प्रकासित÷प्रसारित समाचारले मेरो सार्वजनिक जीवनमा अत्यन्तै गहिरो चोट परेको छ । मेरो बारेमा एकपक्षीय रुपमा र सामाजिक प्रतिष्ठामा आँच आउने गरी प्रकासित, प्रसारित सबै समाचारहरु झूठा हुन, यस्ता झूठा समाचारको खण्डन गर्न चाहन्छु । कोही कसैले आफ्नो व्यक्तिगत लाभलाई ध्यानमा राखेर मलाई मोहोरा बनाउनका लागि यस्ता समाचारहरु बाहिर अफवाहका रुपमा ल्याएका हुन कि भन्ने मेरो आशंका छ । सञ्चार माध्यम र सञ्चारकर्मीहरुले यस्तो विषय के हो भनेर एक पटक ‘भेरिफाई’ गरिदिनु भयो भने म आभारी हुनेछु ।
अन्त्यमा
कारागारको सजाय भोग्नु भनेको थप अपराधी बन्नु, अपराधीका लागि योग्यता पुग्नु होइन, त्यो सुधारगृह हो, एउटा व्यक्ति कानुन पालाना गरेर न्यायलयको आदेश पालाना गरेर नयाँ जीवनमा फर्केको छ । हिजो अवस्थातिर ध्यान नदिई नयाँ जीवनका लागि तयार भएको एउटा मानिसलाई असल नागरिक बनाउने र असल बाटोमा हिडाउन सञ्चार जगतको भूमिका असाध्यै महत्वपूर्ण हुन्छ । त्यसकारण मेरो अपिल यति मात्रै हो– विगतको ‘रमेश बाहुन’

प्रतिक्रिया दिनुहोस्