रास्वपाले तोक्यो ७७ जिल्लामा सम्पर्क सांसद, रामेछापमा सोबिता गौतमलाई जिम्मेवारी



काठमाडौं,१४ असार ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ वटै जिल्लामा सम्पर्क सांसद तोकेको छ । देशैभरि रहेका नागरिकसँग प्रत्यक्षरुपमा जोडिन सहज होस भन्ने उदेश्यले रास्वपाले आफ्ना पार्टीबाट निर्वाचित २१ सांसदमध्ये पार्टी सभापति रवि लामिछानेबाहेक सबैलाई जिल्ला सम्पर्क व्यक्तिको रुपमा जिम्मेवारी दिएको छ । पार्टी सभापति लामिछानेलाई भने केन्द्रीयरुपमा सबै जिल्ला र पार्टीलाई नेतृत्व गर्नुपर्ने भएका कारण अन्य जिल्लाको जिम्मेवारी नदिइएको रास्वपाले जनाएको छ । त्यस्तै काठमाडौं २ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचत सोबिता गौतमलाई दोलखा,रामेछाप, सिन्धुपाल्चोक र जाजरकोटको जिम्मेवारी तोकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्