रामेछाप नगरपालिकाको बजेट पारित, गर्भवती र सुत्केरी महिलालाई निुशल्क एम्बुलेन्स सेवा



१८ असार, रामेछाप ।
रामेछाप नगरपालिकाको बजेट पास भएको छ । नगरसभामा प्रस्तुत गरिएको बजेट पास भएको हो । आगामी आर्थिक बर्ष २०८०÷०८१ को लागि नगरपालिकाले ७३ करोड ५८ लाख ७३ हजार ६ सय ९७ रुपैयाँको बजे पारित भएको हो । चाल खर्चतर्फ ४९ करोड २८ लाख ८९ हजार ९०० र पुँजीगततर्फ २४ करोड २९ लाख, ८३ हजार ७९७ रहेको छ । आगामी आर्थिक बर्षको लागि नगरपालिकाले पूर्वाधारसँगै महिलाहरुको जीवनस्तर माथि उठाउने गरी नीति तथा कार्यक्रम र बजेट ल्याएको छ ।

रामेछाप नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी कार्कीले नगरपालिकाले पूर्वाधार निर्माणसँगै महिला र शिक्षा क्षेत्रलाई पनि प्राथमिकता दिएर बजेट ल्याएको रामेछाप न्युजलाई बताइन । नगरवासीको असीमित मागलाई भएको बजेटको अधिकतम रुपमा उपयोग गरेर बढी भन्दा बढी सेवा प्रवाह गर्ने लक्ष्य लिएको उनले बताइन । रामेछाप नगरपालिकाले सडक, शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण, कृषि लगायतको क्षेत्रलाई प्राथमिकता दिएको छ । आगामी आर्थिक बर्षदेखि रामेछाप नगरपालिकाले गर्भवती र सुत्केरी महिलाहरुको लागि निशुल्क रुपमा सेवा प्रवाह गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्