रामेछाप नगरपालिकाले चक्रपथ निर्माण गर्ने



२० असार, रामेछाप ।
रामेछाप नगरपालिकाले नगरभित्रका वडाहरुलाई जोडन गरी चक्रपथ निर्माण गर्ने भएको छ । नगरपालिकाले नगरस्तरीय चक्रपथ निर्माणका लािग विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार समेत पारेको छ ।

नगरपालिकाले रामेछाप नगरपालिकाको वडा नम्बर १ गोगने रातोडाँडा, चण्डेश्वरी, गणेशटार, वडा नम्बर २ देउराली शहीदगेट, वडा नम्बर ३ सुवेदीटोल, साँघुटार, वडा नम्बर ४ बसेरी लिखु कोरिडोर वडा नम्बर ५ लोलोञ्जोरघाट, मरिनघाट, ल्याङ्गल्याङ्ग, भिमसेनथान हुँदै रामेछाप बजारसम्मको सडक र वडा नम्बर ८ रामेछाप बजार हुँदै भालुखोपलाई नगरस्तरीय चक्रपथ निर्माण गर्ने योजना अघि सारेको छ ।

रामेछाप नगरपालिकाको नीति तथा कार्यक्रममा नगर चक्रपथ निर्माणका लागि संघीय तथा प्रदेश सरकारसँग अनुरोध समेत गरिएको र उक्त चक्रपथको बाँकी ट्रयाक खोल्ने कार्य गरिने जनाएको छ । नगरपालिकाले कालिकुवा चोकदेखि चाम्बोट च्यास्कु रामपुर कोलोञ्जोरघाट सम्मको सडकलाई नगरको गौरवको योजनाको रुपमा सञ्चालन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्