रामेछापका २ बर्षीय बालक जसले केपी शर्मा ओलीले बोलिरहेको माइक समातेर भाषण गरेपछि……..



२६ असार, काठमाडौं ।
नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा बागमती बागमती प्रदेश संगठन कमिटीको बैठककलाई सम्बोधन गर्ने क्रममा दुई बर्षिय बालकको कारण सबैको ध्यान केन्द्रीत भयो । एमाले अध्यक्ष केपी शर्मा ओली सम्वोधन गरिरहदा दौडिदै दुई बर्षिय बालक स्टेजमा पुगेपछि बैठक हलमा कल्पना नगरेको दृष्यले सहभागी सबै अच्चमित भएका छन् । धाराप्रवाह भाषण गरिरहेका एमाले अध्यक्ष ओली बोल्दा बोल्दै रोकिए । कारण थियो बालकले कुसी नजिकै पुगेर माइक तानेपछि…. ।

ओली बोल्दा बोल्दै रोकिए र नजिकै आएका बालकलाई आफूतिर माइकमा बोल्न लगाए । ती बालकले तोतेबोलीमा केही बोले । ती बालक बोल्न थालेपछि ओलीले भाषणा सकियो भन्दै तल राख्न खाजे तर ती बोलकले पुनः माइक तोर बोल्न थालेपछि बैठकस्थलको माहोल नै फरक हुन पुग्यो । त्यसपछि सुरक्षा गार्डले ती बाकललाई मञ्चमा रहेका आफ्ना अभिभावक समक्ष पुर्याए ।

एमाले अध्यक्ष ओलीले नै ती बालकलाई काखमा राखेर आफू बोल्दै गरेको माइक थमाएपछि त्यो भिडियो एकैछिनमा सामाजिक सञ्चालमा चर्चाको विषय बन्न पुगेको छ । अध्यक्ष ओलीले बोल्दा बोल्दै माइक समातेर बोल्ने बालक रामेछाप जिल्ला कमिटीका सल्लाहकार निलहरि घिमिरेका दुई बर्षिय छोरा नितान्त घिमिरे रहेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्