रामेछाप जिल्लाभित्र नयाँ भाडादर लागू, कहाँ कति ? (भाडासहित)



३१ असार, रामेछाप ।
जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभित्र सञ्चालित र विभिन्न जिल्लाबाट रामेछाप चल्ने सवारी साधनको नयाँ भाडा निर्धारण गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अध्यक्षतामा आज बसेको बैठकले रामेछाप जिल्लाबाट काठमाडौं चल्न र जिल्लाभित्र चल्ने सवारी साधनले बढी भाडा लिन नपाउने नियम लागू गदै भाडा निर्धारण गरेको हो । बैठकले काठमाडौं–मन्थली चल्ने यात्रुवाहक सवारी साधनको भाडा दर प्रदेश सरकारले तोके बमोजिम मात्र लिन यातायात व्यवसायीलाई निर्देशन दिएको छ भने डिलक्सको लागि थप २० प्रतिशत भाडा लिन पाउने व्यवस्था कार्यान्वयन गर्दा डिलक्सको लागि तोकिएको मापदण्ड अनिवार्य रूपमा पालना भएको हुनु पर्ने बताएको छ ।
मन्थलीबाट काठमाडौं चल्ने सवारी साधनलाई प्रदेश सरकारले ५ सय ७९ रुपैँया भाडा दर तोकेको छ । डिलक्स सुविधा भएका गाडीले थप २० प्रतिशत शुल्क लिन पाउँदा बढीमा ७ सय १५ रुपैँयासम्म भाडा लिन पाउँछन् । तर रामेछापबाट काठमाडौँ चल्ने सुमो, सामान्य सिट भएका माइक्रो बस तथा बसहरूले समेत ७ सय रुपैँया भाडा लिँदै आएका छन् । जिल्लामा चल्ने सवारी साधनलाई हाल प्रदेश सरकारले तोको भाडा दर बाहेकका पक्की सडकमा प्रतिकिलोमिटर आठ रुपैँया र कच्चीमा ११.५ रुपैँया भाडा दर तोकिएको छ ।

जिल्ला भित्र चल्ने तिन पाङ्ग्रे यात्रु वाहक सवारी साधन अटोको हकमा जिल्ला सदरमुकाम भित्रका विभिन्न चोकमा निश्चित भाडा दर तोकिएको छ भने भाडा दर कायम भएका स्थान भन्दा बाहेकका स्थानमा पक्की सडकमा मात्र जान पाउने र प्रति किलोमिटर १७ रुपैँया भाडा दर तोकिएको छ ।
यस्तो छ नयाँ भाडा दर कहाँ कति ?

प्रतिक्रिया दिनुहोस्