बिपि स्मृति दिवसमा रामेछाप कांग्रेसद्धारा पुष्पलालको जन्मभूमि भँगेरीमा वृक्षरोपण



६ साउन, रामेछाप ।
नेपाली कांग्रेस रामेछापले ४१ औं बिपि स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ । बिपि स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिको आयोजनामा पुष्पलालको जन्मभूमि भँगेरीमा वृक्षरोपण गरेर मनाएको हो ।
‘अहिले रुख रोपौं, चुनावमा रुख रोजौं’ भन्ने मुल नाराको साथ कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको उपस्थितिमा रामेछाप नगरपालिकाको धारापानी चौरमा २ सय भन्दा बढी बिरुवा रोपिएको छ ।

वृक्षरोपण कार्यक्रमसँगै कांग्रेसले भँगेरी सामुदायिक भवनको हलमा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दे लेखकले नेपालको सन्दर्भमा अहिले पनि बिपिको विचार उत्तिकै सान्दर्भिक रहेको बताए । नेपालको हरेक परिवर्तनमा नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका खेलेको स्मरण गदैं समृद्धि राष्ट्र निर्माणको अभियानमा पार्टी लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्