‘धर्तीको स्वर्ग’ अहा शैलुङ्ग (फोटोफिचर)



६ साउन, रामेछाप ।

रामेछाप र दोलखाको संगमस्थल शैलुङ्ग धार्मिक एवं प्राकृतिक पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ । शैलुङ्गमा रहेको एक सय वटा थुम्का र यहाँका प्राकृतिक सौन्दर्य प्रमुख आर्कषणको केन्द्र हुन् । शैलुङ्गमा पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । पर्यटकीय गन्तव्यको रुपमा पहिचान बनाएको शैलुङ्ग क्षेत्रको पूर्वाधार विकासले केही गति लिए पनि अझैसम्म शैलुङ क्षेत्रको गुरुयोजना बन्न सकिरहेको छैन् ।

शैलुङ्गको पर्यटनमा चौरी पालन र भेला पालन पछिल्लो समय थप आर्कषण थपेका छन् । शैलुङ्ग क्षेत्रको विकासको लागि पदमार्ग निर्माण गर्नेदेखि लिएर खानेपानीको सहज पहुँच पुर्याउनको लागि काम भइरहेको छ । हरियाली मौसम, मनमोहक दृष्य र शैलुङ्गका पाखाभरी चौरी चर्दाको दृष्यले निकै आनन्दमय हुने गरेको शैलुङ्ग पर्यटन क्षेत्रको अभियन्ता दावा साङबु शेर्पा बताउछन् ।

उनले भने,‘शैलुङ्ग स्वर्गको टुक्रा हो, यसको संरक्षण र विकासमा हामी अहोरात्र लागि परेका छौ, स्थानीय सरकारको ध्यान अझै शैलुङ्गको विकास गर्नमा पर्न सकेको छैन् ।’ शेर्पाका अनुसार हाल शैलुङ्ग क्षेत्रमा साढे सात सय भन्दा बढी चौरी रहेका छन् । चौरी पालन व्यवसायलाई प्रबद्र्धन गर्न किसालाई प्रोत्साहन हुने कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्