नेकपा एकीकृत समाजवादी रामेछापका अध्यक्ष रमेश वस्नेत पुनः एमालेमै फर्किए



७ साउन, रामेछाप ।
नेकपा एकीकृत समाजवादी रामेछापका जिल्ला अध्यक्ष रमेश बस्नेतले पार्टी परित्याग गर्दै पुनः एमालेमै फर्किएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसको अवसरमा सदरमुकाम मन्थलीमा आयोजित कार्यक्रममा वस्नेत पुनः एमालेमै फर्किएका हुन् । उनलाई एमालेका महासचिव शकंर पोखरेल लगायतका नेताहरुले स्वागत गरेका थिए । मन्थली नगरपालिकाका निवर्तमान नगरप्रमुख तथा जिल्ला विकास समिति रामेछापका पूर्व सभापति समेत हरेक वस्नेत यस बीचमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी हुँदै पुनः एमालेमै फर्किएका छन् ।
नेकपा एकीकृत समाजवादी परित्याग गरेर एमालेमै फर्किएका वस्नेतले नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्व एमालेले मात्र गर्न सक्ने भएकाले आफूले एमाले पार्टी रोजेको बताए । आफू एमालेमा कुनै भाग लिन नभई पार्टीको सेवा गर्न एमालेमा फर्किएको वस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्