रामेछापमा सवारी दुर्घटनाः घाइते मोटरसाइकल चालकको उपचार गर्न लैजादा बाटाेमै मृत्यु



७ साउन, रामेछाप ।
रामेछापमा सवारी दुर्घटनामा घाइते भएका एक युवकको उपचारको क्रममा निधन भएको छ । गोकुलगंगा गाउँपालिका–२ ठोसेबजार स्थितमा जिरीबाट ठोसेतर्फ सिमेन्ट लिई आउदै गरेको ग २ ख ०१८७ नम्बरको टिपरले टिपरले सोही दिसा तर्फ जादै गरेको बा.प्र. ०२–०२१ प ०२२६ नम्बरको माोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक दोलखा जिगरी नगरपालिका–८ बस्ने बर्ष २८ को मिलन खत्रीको उपचारको क्रममा निधन भएको हो ।

उनको निधार, बाँया घुडा मुनि र ढाँडमा चोट लागेपछि उपचारका लागि जिरी अस्पतालमा लगीएकोमा सामान्य उपचार पस्चात थप उपचारको लागि काठमाडौ पठाईएकोमा चरिकोटमा पुग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल पछाड िबसेका बर्ष २९ को कल्याणी जिरेलको अवस्था भने सामान्य रहेको छ । टिपर चालक पूर्व नवलपरासीका ३५ बर्षिय राजेश खनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्