एमालेका नेता कैलाश ढुंगेलको स्वास्थ्य अवस्था सुधार हुँदै



८ साउन, काठमाडौं ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला ईन्चार्ज कैलाश ढुंगेलको स्वास्थ्य अवस्थामा सुधार भएको छ । हिजो सदरमुकाम मन्थलीको तामाकोसी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि ढंगेललाई काठमाडौं पठाइएको थियो । उनको हाल काठमाडौंको नर्भिक अस्पालतमा उपचार भइरहेको छ ।

ढुंगेलका छोरा राजिव ढुंगेलका अनुसार मुटुको समस्या भएपछि अस्पताल भर्ना हुनु भएपनि अवस्था सामान्य रहेको छ । मुटुमा समस्या भएपछि ढुंगेल अस्पताल भर्ना भएका हुन् । उनको आजै डिस्चार्ज हुने छोरा राजिवले रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्