कृषि तथा पर्यटन अभियन्ता शेर्पा सम्मानित



९ साउन, रामेछाप ।
शैलुङ्ग क्षेत्रलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिजाउने कार्यमा महत्वपूर्ण भूमिका खेल्दै आएका कृषि तथा पर्यटन अभियन्ता दावा सङवु शेर्पा सम्मानित भएका छन् । शैलुङ्ग क्षेत्रको पर्यटनसँगै कृषि क्षेत्रमा जागरण ल्याउने कार्यको नेतृत्व गर्दै आएका शेर्पा सम्मानित भएका हुन् । दोरम्बा शैलुङ्ग गाउँपालिका–१ डडुवा निवासी शेर्पा विगत लामो समयदेखि निरन्तरत रुपमा शैलुङ क्षेत्रको पर्यटन र कृषि क्षेत्रको विकासका लागि अहोरात्र अभियान सञ्चालन गर्दै आइरहेका छन् ।

पुष्पलाल स्मृति दिवशमा कार्यक्रममा नेकपा एमाले महसचिव शंकर पोखरेलले शेर्पालाई सम्मान पत्र प्रदान गरेका हुन् । शैलुङ्ग क्षेत्रमा पर्यटन विकास केन्द्रको अध्यक्ष एवं शैलुङ्ग खोलाखर्क होमस्टे बजार तथा पर्यटन प्रर्वधन समिति अध्यक्ष समेत रहेका शेर्पाले त्यस क्षेत्रको पर्यटन एवं कृषि प्रबद्धृनमा योगदान पुरयउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्