कुलमानलाई भेटेपछि कर्मचारी भ्रष्ट हुनै सक्दैनन् जस्तो लाग्छः मनोज गजुरेल



१३ साउन, काठमाडौं ।
हास्य कलाकार मनोज गजुरेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेपछि कर्मचारीहरु भ्रष्ट हुनै नसक्ने अनुभूति हुने गरेको बताएका छन् । शुक्रवार घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यालयमा भेटवार्ता गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्– सबै कर्मचारी भ्रष्ट हुन् जस्तो लाग्छ, जब बदनामहरुलाई देख्छु ,कर्मचारी भ्रष्ट हुनै सक्दैनन् जस्तो लाग्छ,जब कुलमानहरुलाई भेट्छु ।

प्रतिक्रिया दिनुहोस्