रामेछापमा एक बर्षमा ८८०८ सय सवारी साधनमाथि कारवाहीः ८० लाख राजश्व संकलन



१२ साउन, रामेछाप ।
रामेछाप जिल्लामा गत आर्थिक बर्ष २०७९।०८० मा जिल्ला प्रहरी कार्यालय रामेछाप र जिल्ला ट्राफिक प्रहरी कार्यालय मार्फत सवारी नियम उल्लंघन गर्ने ८ हजार ८०८ वटा सवारी साधनमाथि कारवाही भएको छ । प्रहरीले ८८०८ माथि कारवाही गरेर ८० लाख ५९ हजार राजश्व संकलन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले गत आर्थिक बर्षमा जिल्लाभित्र ३० वटा सवारी साधन दुर्घटना भएको जानकारी दिए । उनका अनुसार सवारी साधन दुर्घटनाबाट गत एक बर्षमा १३ जनाको मृत्यु भएको र ९४ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्