जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्तामा कुमोध ढुंगेल



१८ साउन, काठमाडौं ।

जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले पाएका छन् । काठमाडौँ जिल्ला प्रहरी परिसरमा काज सरुवा भएका ढुंगेललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । डिएसपीबाट एसपीमा बढुवा भएका ढुंगेलको साउन ९ गते प्रहरी परिसर काठमाडौँमा पदस्थापन भएको थियो । यसअघि काठमाडौँ परिसरको प्रवक्ता रहेका एसपी सिताराम रिजालको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सरुवा भएपछि उनको ठाउँमा ढुंगेलको पदस्थापन भएको हो ।

प्रतिक्रिया दिनुहोस्