साउन ३२ गते प्रधानमन्त्री प्रचण्ड रामेछापको दोरम्बा आउने



१८ साउन, रामेछाप ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो पटक दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा सहभागी हुन रामेछापको दोरम्बा आउने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड यही साउन ३२ गते दोरम्बामा हुने स्मृति दिवसमा सहभागी हुन आउने भएका हुन् ।


स्मृति दिवसमा सहभागी हुन आज नेकपा माओवादी जिल्ला समन्वय समिति रामेछापका इन्चार्ज श्याम कुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री प्रचण्डलाई कार्यक्रममा सहभागी हुन औपचारिक पत्र दिएको छ । यही साउन ३२ गते दोरम्बा हत्याकाण्ड भएको २० बर्ष पुग्नेछ । ईन्चार्ज श्रेष्ठले प्रधानमन्त्री दोरम्बा हत्याकाण्ड स्मृति दिवस मनाउन आउने करिब पक्का भएको रामेछाप न्युजलाई जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्