शेर्पालाई राष्ट्रिय याक तथा चौंरी कृषक महासंघको अध्यक्षको जिम्मेवारी



२२ साउन, रामेछाप ।
राष्ट्रिय याक तथा चौंरी कृषक महासंघको अध्यक्षको जिम्मेवारी शैलुङ क्षेत्रका पर्यटन एवं कृषि अभियन्ता दावा सङवे शेर्पाले सम्हाले भएका छन् । एक बर्ष अघि पोखरामा सम्पन्न राष्ट्रिय भेलाबाट महासचिवमा निर्वाचित भएका शेर्पाले अब अध्यक्षको जिम्मेवारी सम्हाले भएका हुन । महासंघको अध्यक्ष सोलु महाकुलुङ्गका नुरु शेर्पा बिदेश प्रस्थान गर्ने भएपछि अध्यक्षको भुमिका निर्वाह गर्न महासचिव दावा सङवु शेर्पालाई दिएका हुन् । नेपालमा ३० जिल्लामा याक तथा चौंरी व्यवसाय संचालन हुँदै आएको छ भने विश्वमा ७ वटा मात्र राष्ट्रमा याक तथा चौंरी व्यवसाय संचालनमा छं ।

नेपालमा याक तथा चौरीको संरक्षणको काम निकै महत्वपूर्ण मानिन्छ । हाल ७ वटा राष्ट्रको प्रतिनिधिमूलक एक समिति एवं संस्था इसिमोड गठन एवं दर्ता भई संरक्षण एवं प्रर्वधनमूलक गतिविधिहरु सञ्चालन हुँदै आएको छ । अध्यक्षको जिम्मेवारी पाएका शेर्पाले नेपालको पर्यटन प्रबद्र्धन र हिमाली क्षेत्रका नागरिकहरुको आर्थिक जीवनस्तर माथि उठाउन याक तथा चौरी पालन व्यवसायको निकै ठूलो महत्व रहेको रामेछाप न्युजलाई बताए । उनले भने,‘संस्थाको लक्ष्य र उदेश्य अनुसार याक तथा चौरीको विकासका लागि सक्दो प्रयास गर्छु ।’

प्रतिक्रिया दिनुहोस्