बालिका बलात्कार गरेको आरोपमा रामेछाप बाबियाखर्कका भुजेल पक्राउ



२७ साउन, रामेछाप ।
रामेछाप नगरपालिका–८ बाबियाखर्कमा १४ बर्षिय बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पीडित पक्षले दिएको उजुरीको आधारमा बाबियाखर्कका ३७ को भुपेन्द्र भुजेललाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले पीडित परिवारले उजुरी दिए लगत्तै भुजेललाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्