विद्युतीय सवारी साधनको प्रयोगमा प्रोत्साहन गर्दै  नेपाल विद्युत प्राधिकरण



काठमाडौं,२७ साउन । नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको यहीं खपत बढाउनका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्धन गर्न  र्याली आयोजना गरेको छ ।
आफ्नो ३८औं वार्षिकोत्सवको अवसरमा प्राधिकरणले शनिबार विद्युतीय सवारी साधनको प्रयोग र प्रवर्धनका लागि जनचेतनामुलुक ¥याली सम्पन्न गरेको छ ।
प्राधिकरणको प्रधान कार्यालय रत्पार्कंबाट सुरु भएको विद्युतीय सवारी साधनको ¥याली माइतीघर, नयाँ बानेश्वर, तीनकुने, सिनामङ्गल, एयरपोर्ट, गौशाला, चावहिल, महाराजगञ्ज, लाजिम्पाट, लैनचौर, दरबारमार्ग हुँदै पुनः रत्पार्कमा पुगी समापन गरिएको थियो ।
¥यालीको उद्घाटन गर्दै उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशभित्र उत्पादित विद्युत्को खपत बढाउन र स्वच्छ वातावरणका लागि विद्युतीय सामाग्री तथा सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्धन गर्ने निती सरकारको रहेको बताउनुभयो । उहाँले पेट्रोलियम पदार्थको आयात कम गर्न विद्युतीय सवारी साधन र सामग्रीको प्रयोग बढाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नाडा अटोमोबाइल्स एसोसिएसनका अफ नेपालका पदाधिकारीहरु, विद्युतीय सवारी साधनका प्रयोकर्ताहरुलगायतका उपस्थिति थियो । ¥यालीमा मन्त्री बस्नेत, सचिव घिमिरे,प्राधिकरण सञ्चालक समितिका सदस्यहरु, कार्यकारी निर्देशकलगायत सहभागी हुनुभएको थियो ।
प्राधिकरणले सहरी  क्षेत्रका लागि  विद्युतीय गाडि मात्र किन्ने नीति लिएको छ । पेट्रोल र डिजेलबाट चल्ने गाडीलाई समेत विद्युतीय बनाउने कार्यक्रम अगाडि बढाइएको छ ।
प्राधिकरणले विद्युत् खपत अझ बढाउन तथा विद्युतीय सवारी साधनलाई प्रोत्साहित गर्न देशभरका विभिन्न ठाउँमा ५१ वटा चार्जिङ स्टेसन निर्माण गरेको छ । थप १३ वटा निर्माण प्रक्रिया अगाडि बढाइएको छ । त्यस्तै, निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने नीतिअनुरुप देशका विभिन्न ठाउंमा १ सयभन्दा बढी चार्जिङ स्टेसन जडान भइरहेका छन् ।
चार्जिङ स्टेसनको महशुसलमा विशेष सहुलियत प्रदान गरिएको छ । चार्जिङ स्टेसन रहने स्थानसम्म लाइन निःशुल्क निर्माण गरिदिने र २ सय केभिएसम्मको विद्युत प्राधिकरणको ट्रान्सफर्मरबाट दिने व्यवस्था गरिएको छ ।
विद्युतीय सवारी साधनको प्रयोग पनि बढ्दै गएको छ । आर्थिक वर्ष २०७७÷७८मा चार पाङग्रे सवारी साधन (कार, जिप) २४९ वटा आयात भएकोमा गत आर्थिक वर्षमा ४५७० वटा आयात भएको थियो । तीन वर्षमा आयात भएको सवारी विद्युतीय सवारी साधनको सङ्ख्या ६६२६ वटा रहेको छ । साथै, ६० वटा विद्युतीय बस आयात भएको छ । तीन वर्षमा ९७९० दुई पाङग्रे सवारी साधन आयात भएको छन् ।

प्रतिक्रिया दिनुहोस्