नेकपा एमाले संगठन विभागको सचिवमा रामेछापका ढुंगेल मनोनीत



२९ साउन, काठमाडौं । नेकपा एमालेको संगठन विभागको सचिवमा माधव ढुंगेल मनोनीत भएका छन् । आज बसेको सचिवालय बैठकले ढुंगेललाई संगठन विभागको सचिवमा मनोनीत गरेको गर्ने निर्णय गरेको हो । ढुंगेल अनेरास्ववियुका पूर्वअध्यक्ष हुन् भने राष्ट्रिय युवा परिषदमा दुई कार्यकाल उपाध्यक्षसमेत बनिसकेका छन् । विद्यार्थी फाँटको इन्चार्जसमेत सम्हालिसकेका उनी नवौं महाविधेशनबाट पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्