दोरम्बा शैलुङ गाउँपालिकामा एक बर्षमा इन्धन खर्च १४ लाख ४१ हजार



३० साउन, रामेछाप ।
दोरम्बा शैलुङ गाउँपालिकामा एक बर्षमा अध्यक्ष उपाध्यक्ष र कार्यपालिकाका सदस्यहरुको लागि १४ लाख ४१ हजार इन्धनमा खर्च भएको छ । गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तान र उपाध्यक्ष खमला थापामगरले गाडी सेवा लिदै आएका छन् । गाउँपालिकाले अध्यक्ष र उपाध्यक्ष र कार्यपालिका सदस्यको लागि एक बर्षमा इन्धनमा सो बजेट खर्च गरेको हो । वडा अध्यक्षहरुले भने

वडा कार्यालयबाटै इन्धन बापतको सेवा लिदै आएका छन् । दोरम्बा शैलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पलाल धमलाले गत असार १० गतेसम्मको तथ्याकं अनुसारा १४ लाख ४१ हजार रुपैयाँ इन्धनमा खर्च भएको रामेछाप न्युजलाई बताए । हाल लेखा अधिकृत नभएकाले गाडी मर्मतको खर्च भने निकाल्न नसकिएको उनले जानकारी दिए । अध्यक्ष उपाध्यक्षकै गाडीमा मात्र बार्षिक १४ लाखको इन्धन खर्च हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्