२० औं दोरम्बा स्मृति दिवसः दोस्रो पटक दोरम्बामा प्रधानमन्त्री प्रचण्ड (फोटोफिचर)



३२ साउन, रामेछाप ।२० औ दोरम्बा स्मृति दिवसमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएका छन् । दोस्रो पटक प्रचण्ड दोरम्बा स्मृति दिवस मनाउन दोरम्बा गाउँपालिकाको डाँडाकटेरीमा आएका हुन् ।
बिहीबार रामेछापमा आयोजित २० औं दोरम्बा स्मृति दिवस कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पार्टी सरकारमा गएपछि जनता र पार्टीबीचको सम्बन्ध टाढिएको भन्दै त्यो अवस्थामा सुधार ल्याउने बताएका हुन् । ‘जनता र हामीबीचको सम्बन्ध केही अल्मलिएकाले फेरि पुरानै बाटोमा ल्याउन नयाँ संकल्पसहित लागेका छौं, प्रचण्डले भने ।

तत्कालि अवस्थामा सरकार र युद्धरत नेकपा माआओवादीबीच दाङको हापुरेमा दोस्रो चरणको वार्ता भइरहेको समयमा २०६० श्रावण ३२ गते दोरम्बामा शिक्षक युवराज मोक्तानको घरमा बैठक बसिरहेको अवस्थामा तत्कालिन शाही नेपाली सेनाले कब्जामा लिएर तत्कालिन रामेछापका जिल्ला जनसरकार प्रमुख बाबुराम तामाङसहित २१ जनाको डाँडाकटेरीमा सामुहिक हत्या गरिएको थियो । पीडितहरुले अझै दोषीमाथि कारवाही नभएको गुनासो गर्दै आएका छन् ।  कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले शहीद परिवारलाई सम्मान समेत गरेका थिए ।

doramba-prachanda (2)doramba-prachanda (4)doramba-prachanda (5)doramba-prachanda (6)doramba-prachanda (7)doramba-prachanda (9)doramba-prachanda (10)doramba-prachanda (11)doramba-prachanda (13)doramba-prachanda (14)doramba-prachanda (15)doramba-prachanda (16)doramba-prachanda (17)doramba-prachanda (18)

प्रतिक्रिया दिनुहोस्