एक बर्षमा सुनापति गाउँपालिकामा इन्धन र गाडी मर्मतमा ४० लाख खर्च



३ भदौ, रामेछाप ।
सुनापति गाउँपालिकाले एक बर्षको अवधिमा इन्धन र गाडी मर्मतमा ४० लाख भन्दा बढी खर्च गरेको छ । गाउँपालिकाले इन्धनमा २१ लाख ७१ हजार र गाडी मर्मतमा १८ लाख ८० हजार रुपैयाँ खर्च गरेको हो । सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदीले पदाधिकारी, कार्यालय र अन्य गरी इन्धनमा २१ लाख ७१ हजार रुपैयाँ खर्च भएको रामेछाप न्युजलाई बताए ।

उनका अनुसार अध्यक्ष र उपाध्यक्षको गाडी र कार्यालयका मोटरसाइकल मर्मतमा एक बर्षमा १८ लाख ८० हजार रुपैयाँ खर्च भएको छ । पदाधिकारीले ४ लाख ७४ हजार, कार्यालय प्रयोजनका लागि १६ लाख ३६ हजार र अन्यमा ६१ हजार रुपैयाँ खर्च भएको सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्