रुपान्तरण अभियानः रामेछापमा माओवादीका नेताहरुबीच जुहारी



४ भदौ, रामेछाप ।
नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विषेश रुपान्तरण अभियान सबै स्थानीय तहको वडा वडासम्म पुग्ने गरी अभियान सञ्चालन गरेको छ । सोही अनुरुप रामेछापको आठ वटा स्थानीय तह र ६४ वटै वडामा पनि जनतासँग जोडिने अभियान सुरु भएको छ । तर अभियानसँग माओवादी रामेछापका नेताहरुबीच जुहारी सुरु भएको छ ।

नेकपा माओवादीका नेता एवं रामेछाप प्रदेश क का प्रदेशसभा सदस्य तारानारायण श्रेष्ठ र माओवादीका नेता कमान मोक्तानबीच जुहारी चलेको छ । माओवादीका केन्द्रीय सदस्य एवं रामेछाप प्रदेशसभा ख का सदस्य युवराज चौलागाईले एक अनलाइनमा कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलाई माओवादीमा महासचिव मान्न सकिने अभिव्यक्तिको विषयलाई लिएर सामाजिक सञ्जालमा घोचपेज भएको छ ।

श्रेष्ठले आफ्नो स्टाटसमा लेखका छन, अध्यक्षको विषयमा कुरा ठिक छ तर विप्लवलाई महासचिव दिन्छ भन्दै हिडन एउटा केन्द्रीय सदस्यले मिल्छ ? चौलागाईको अभिव्यक्तिलाई श्रेष्ठले फन्टुसको संज्ञा दिएका छन् ।
श्रेष्ठको प्रतिवाद गर्दै नेता कमान मोक्तानले सामाजिक सञ्जालमा लेखका छन,के को रिस पोखेको हो ? तिमी चाही को हौ त भनेर कार्यकर्ताले उल्टो प्रश्न गर्ने दिन आएकै हो ?

प्रतिक्रिया दिनुहोस्