भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा झडप हुँदा रामेछापका वस्नेतको मृत्यु



४ भदौ, काठमाडौं । भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा झडप हुँदा एक कैदीबन्दीको मृत्यु भएको छ । रामेछापका १८ वर्षीय कमल बस्नेतको मृत्यु भएपछि आज उनका आफन्तले सुधार गृहको गेटमा प्रर्दशन तथा तोडफोड गरेपछि झडप भएको हो । सुधारगृहमा मृत्यु भएका बस्नेत ३ वर्षअघि पुर्पक्षका लागि थुनामा थिए । उनको मृत्युपछि हिजैदेखि सुधारगृह परिसर तनावग्रस्त थियो । घटनाको छानबिन गर्न हिजै सहायक प्रमुख जिल्ला अधिकारी डोरप्रसाद निरौलाको नेतृत्वमा समिति बनेपछि केही मत्थर भए पनि आज पुनस् बन्दीहरुले प्रहरीमाथि आक्रमण गरेका थिए ।

झडपपछि दिउँसो २ बजे सुधारगृहको गेट फुटाएर २ सय २१ कैदीबन्दी भागेका थिए । साँझसम्म १ सय ९४ जनालाई राजधानीका विभिन्न स्थानबाट नियन्त्रणमा लिइसकिएको र २७ अझै फरार रहेको प्रहरीले जनाएको छ ।आफन्तहरुले प्रदर्शन गरिरहेका बेला भित्र रहेका बन्दीहरुसमेत प्रदर्शनमा उत्रिएपछि सुरक्षाकर्मीसँग झडप भएको थियो । त्यसक्रममा नेपाल प्रहरीका १० र सशस्त्र बलका ८ सुरक्षाकर्मी घाइते भएका छन् ।सुधार गृह युसेफ नेपाल नामक स‌ंस्थाले चलाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्