रामेछापको नागदहमा ट्याक्टर दुर्घटनाः घाइतेलाई मन्थली पठाइयो



फाइल तस्बीर
फाइल तस्बीर

५ भदाै, रामेछाप
रामेछाप लिखुतामाकोसी गाउँपालिका वडा नम्बर ५ नागदहमा मन्थलीबाट मिक्सचर लिई धोवीडाँडातर्फ जादै गरेको ना १ त ७३२० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको छ ।

सडकबाट करिब ५० मिटर तल खस्न गई दुर्घटना हुदा चालक मन्थली नगरपालिका वडा नम्बर १ मन्थली बस्ने बर्ष २४ को बिषेश नेपाली र सह चालक रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछापडाँडा बस्ने बर्ष १८ को अनुराग भुजेल घाइते भएका छन् । घाइते दुवै जनालाई उपचारका लागि मन्थली पठाइएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घाइते दुवै जनाको अवस्था सामान्य रहेको हाहल उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्