८ करोड लगानीमा ए वान क्याफे एण्ड पार्टी भेन्यूको नयाँ शाखा सरस्वतीनगरमा



६ भदौ, काठमाडौं ।र
ए वान क्याफे एण्ड पार्टी भेन्युको नयाँ शाखा कपनको सरस्वतीनगरमा सञ्चालनमा आएको छ । रोयल फास्ट फूड एशोसिएसनद्धारा लगानीमा निर्मित ए वान क्याफे एण्ड पार्टी भेन्यूको २१ औ शाखा आजबाट सरस्वती नगरमा सञ्चालनमा आएको हो । नवनिर्मित क्याफे एवं पार्टी भेन्यूको उर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्ति बहादुर वस्नेतले उदघाटन गरेका छन् । उदघाटन कार्यक्रममा रामेछापका प्रतिनिधिसभा सांसद कान्छाराम तामाङ, पूर्व सांसदद्धय श्याम कुमार श्रेष्ठ र कृष्ण श्रेष्ठ, पूर्व संविधानसभा सदस्य रामेश्वर फुयाल, पूर्व बागमती प्रदेशका सांसद शान्ति पौडेल, खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ, हास्यकलाकारद्धय केदार घिमिरे र जितु नेपाल लगायतको सहभागीता रहेको थियो ।
करिब ८ करोड लगानीमा आधुनिक र सुविधा सम्पन्न क्याफे र पार्टी भेन्यु सञ्जालमा आएको सञ्चालक भीम श्रेष्ठले जानकारी दिए । रोयल फास्ट फूड एशोसिएसनले सञ्चालनमा ल्याएको यस नयाँ शाखामा पार्टी प्यालेस, रेष्टुरेन्ट, बालबालिका खेल्न स्थलसहितको सेवा सुविधा रहेको छ । एशोसिएसनले १ सय ५० जना लगानीकर्ता रहेका छन भने विभिन्न शाखामा गरी ५ सय भन्दा बढीलाई रोजगारी दिएको एशोसिएनसका सञ्चालक राकेश श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्